मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अनन्त भन्छन्,– ‘यमनलाई जसरी पनि हराउने छौं’

शनिबार, १९ जेठ २०८१खेलपाटी संवाददाता
अनन्त भन्छन्,– ‘यमनलाई जसरी पनि हराउने छौं’
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका एक प्रमुख खेलाडी अनन्त तामाङले विश्वकप २०२६/एसियन कप २०२७ छनोटको अन्तिम खेलमा यमनलाई जसरी भए पनि हराउने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएका छन् ।

छनोटका अन्तिम दुई खेल (युएई र यमनविरुद्ध) को तयारीमा रहेका २६ वर्षीय सेन्टर–ब्याक अनन्तले भने, ‘अहिलेसम्म हामीले एउटा पनि खेल जित्न सकेको छैन । त्यसैले यो छनोटमा सकेसम्म दुई म्याच जित्ने हो । जित्न नसके पनि कसरी हुन्छ रिजल्ट आफ्नो पक्षमा पार्ने हो ।’

नेपालले फिफा वरीयतामा ६७ औं स्थानमा रहेको युएईविरुद्ध ६ जुन र यमनविरुद्ध ११ जुनमा खेल्दैछ । दुवै खेल साउदी अरेबियाको दमाममा हुनेछ । एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशालालाई अयोग्य ठहर गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कै प्रस्तावमा नेपाली टिमले युएईविरुद्धको ‘होम म्याच’ खाडी क्षेत्रमा खेल्न लागेको हो ।

नेपालले दुबईमा १६ नोभेम्बर, २०२३ मा भएको ‘अवे म्याच’ युएईले ४–० ले जितेको थियो । त्यसको पाँच दिनपछि दशरथ रंगशालामा भएको घरेलु खेलमा नेपाललाई दोस्रो हाफमा दुई गोल गर्दै यमनले २–० ले पन्छाएको थियो । फिफा वरीयतामा २२ स्थानमाथि रहेको युद्धग्रस्त यही देशको टिमविरुद्ध (यमन १५६ औं वरीयतामा) नेपालले यसपालिको छनोटमा अंक खोस्ने लक्ष्य राखेको छ । नेपालले बहराइनविरुद्ध ५–० र ३–० ले हारिसकेको छ ।

समूह ‘एच’मा चारै खेल हारेको नेपाली टिमको अन्तिम दुई प्रतिस्पर्धाको लक्ष्यबारे अनन्तले भने, ‘युएई एसियाली स्तरमा एक उत्कृष्ट टिम हो र उसले एसिया कपमा पनि एकदम राम्रो गरेको थियो । त्यसैले हामीलाई कठिन छ तर हामी आफ्नो शतप्रतिशत दिने हो ।’

यमनलाई रोक्न सकिन्छ त ?

‘हाम्रो मुख्य दबाब यमनसँगै छ,’ उनले थपे, ‘यमन हाम्रै स्तरको छ । उसलाई जसरी पनि हराउने लक्ष्य छ । युएईलाई बराबरी गर्ने छ । यो असम्भव भन्ने लाग्दैन मलाई ।’

अञ्जन विष्ट, समीर तामाङ, उत्सव राई, दिनेश हेन्जनलगात खेलाडी चोटका कारण बाहिरिएको अवस्थामा अनन्त बोले, ‘अञ्जन एक अनुभवी खेलाडी हुन् । उनको अभावले पछाडि पारेको छ । तर, टिममा उनलाई प्रतिस्थापन गर्न योग्य खेलाडी छन् । आयुष (घलान) फर्किएका छन् । उनको आगमनले विश्वकप छनोटमा हामीलाई राम्रो गर्छ ।’

उनीसँग गरिएको कुराकानी :

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य