काठमाडौँ। प्रथम सीएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि शुरू हुने भएको छ। नेपाल-चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५०० खेलाडी सहभागी हुने प्रतियोगिता जेठ १३ गतेसम्म हुनेछ।
सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र ११६ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा समावेश विधा र समूह
सिंगल स्पाइरिंगः
जुनिअर तौलसमूह (कलर बेल्ट)
पुरुषः २० केजी मुनि, २१-२६, २७-३२, ३३-३८, ३९-४४, ४५-५०, ५१-५६, ५७-६२, ६३-६८, ६९-७४, ७४ केजीभन्दा माथि
महिलाः २० केजी मुनि, २१-२६, २७–३२, ३३-३८, ३९-४४, ४५५०, ५१-५६, ५७-६२, ६२ किलोभन्दा माथि
सिनिअर तौलसमूह (ब्ल्याक बेल्ट)
पुरुषः ४४ केजी मुनि, ४५-५०, ५१-५६, ५७-६२, ६३–६८, ६९-७४, ७५-८० र ८० केजी माथि
महिलाः ३८ केजी मुनि, ३९-४४, ४५-५०, ५१–५६, ५७-६२, ६३-६८, ६९-७४ र ७४ केजी माथि
एकल काता
पुरुषः एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन),
महिलाः एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलो देखि पाँचौं डन)
समूह काता
पुरुष: सिनिअर (ब्ल्याक बेल्ट), जुनिअर (कलर बेल्ट),
महिला: सिनिअर (ब्ल्याक बेल्ट), जुनिअर (कलर बेल्ट)