आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ग्वार्डिओलाले फेरेको सिटीको भाग्य

ग्वार्डिओलाले फेरेको सिटीको भाग्य

२०२४ मे २१, मङ्गलबारखेलपाटी संवाददाता

ग्वार्डिओलाले फेरेको सिटीको भाग्य

काठमाडौँ। म्यानचेस्टर सिटीको घरेलु खेलमा वर्चस्व यति व्यापक छ कि ऐतिहासिक रूपमा लगातार चौथो प्रिमियर लिग उपाधि जित्नको लागि निर्णायक खेललाई सामान्य जस्तै मानिएको छ।

पछिल्ला ७ सिजनमा सिटी छैटौँ पटक शीर्षस्थानमा रहँदै फाइनल (निर्णायक खेल) मा प्रवेश गरेको थियो र वेस्टह्याम युनाइटेडमाथि सहज जितसँगै सिटी आफूलाई प्रिमियर लिग विजेता घोषणा गर्न सफल भयो। म्यानेजर पेप ग्वार्डिओलाले सबै टिमलाई पराजित गर्दै एक पटक पुनः प्रिमियर लिगमा आफूलाई सर्वोत्कृष्ट घोषणा गर्न सफल भएका छन्।

सामान्य दबाबलाई पनि बेवास्ता गर्दै सिटीले आफ्नो रेकर्डहरू थपेका छन्, यसले खास टिप्पणी या गहिरो विश्लेषणलाई मुस्किलले मात्र उत्प्रेरित गर्छ। यदि उनीहरूले आफ्नो लक्ष्य पूरा गर्न असफल हुन्थे भने त्यो सबैभन्दा ठूलो झटका हुन्थ्यो।

सिटी यति सफलतासँग जोडिएको छ कि यी अभूतपूर्व उपलब्धिहरूलाई काँधमा उचालेर मात्रै स्वागत गरिन्छ। तथ्य यो पनि हो कि उनीहरूले डिसेम्बरमा एस्टन भिल्लासँगको हारेपछि लिगका २३ खेलमध्ये १९ खेल जितेका छन् र ४ बराबरी खेलेका छन्। यसले थोरैलाई मात्र अचम्म लागेको छ।

महत्त्वपूर्ण उल्लेख गर्नै पर्ने कुरा सिटीको हरेक सफलतासँगै उनीहरूले अझै पनि वित्तीय अनियमितताका आरोपहरू सामना गरिरहेका छन् भन्ने कथन आउनेछ। ट्रफी घरमा भित्र्याएता पनि १५ महिनायता सिटीलाई लागेको दागको छिनोफानो नहुँदा बाहिरी हल्लाले सिटीलाई सधैँ सताइरहनेछ। तथापि, सिटीले प्रिमियर लिगले लगाएका ११५ आरोपको गहिरो खण्डन गर्दै आएको छ। 

यदि फुटबलमा मापनलाई मान्ने हो भने, त्यो कुनै तर्क नै होइन। सन् २०१९/२० को कोभिड–१९ महामारीको सिजनमा लिभरपुलले सिटीलाई पराजित गरेको थियो। यर्गेन क्लोपको उत्कृष्ट टोलीले १८ अंकको ठूलो अन्तरले जित हात पार्दै ३० वर्षपछि पहिलो पटक घरेलु लिगको उपाधि एनफिल्डमा ल्याएको थियो। त्यसपछि अन्य वर्ष लिभरपुल र पछिल्ला दुई सिजन आर्सनलले पनि सिटीलाई चुनौती दिएका थिए। तर, यो अद्भुत र महान् फुटबल मेसिनमाथि निर्णायक प्रहार भने गर्न सकेनन्।

क्लोपको नेतृत्वमा लिभरपुल निकै असामान्य र अद्भुत देखिएको थियो। तर, यसपालि त्यो पर्याप्त भएन। यही कुरा मिकेल आर्टेटाको आर्सनलमाथि पनि लागू हुन्छ।

सिटीले आफ्नै ट्रेडमार्क शैलीमा सिजनको अन्त्यमा आर्सनलको मन दुखाउँदै उपाधि जित्यो, त्यसैगरी उसले गत सिजन लिभरपुललाई पनि बनाएको थियो। अब यस्तो केवल सम्झनामै सक्रिय भएको जस्तै सामान्य भइसकेको छ।

सिटीले लिभरपुललाई दुई पटक निर्णायक खेलमा पन्छाइदिएको थियो। उसले २०१८/१९ मा ४–१ ले ब्राइटनलाई हराउँदै एक अंकले उपाधि जितेको थियो। अनि २०२१/२२ मा एस्टन भिल्लासँग १४ मिनेट बाँकी रहँदा २–० ले पछाडि परेको स्थिति उल्टाउँदै ३–२ को जितसहित क्लोपको टिमलाई उपाधि होडमा एक अंकले पछाडि पारेको थियो।

सिटीमा यस्तै सफलता २०११/१२ र २०१३/१४ मा क्रमशः रोबर्टो मान्चिनी र म्यानुएल पेलिग्रिनीले शुरू गरेका थिए भने ग्वार्डिओला र उनका खेलाडीहरूले यसलाई सामान्यजस्तै पूर्णता प्रदान गरेका हुन्।

सिटीको टोलीमा सबै पोजिसनमा विश्वस्तरीय प्रतिभा छन्। एर्लिङ हालान्डको सटिक प्रहारदेखि गोलका अवसरका लागि सृजनशील केभिन डी ब्रुइनसम्म छन्। दुवैलाई अब फिल फोडेनले पनि साथ दिएका छन्, जसको कारण यस सिजन मिडफिल्डबाट २७ गोल सम्भव भएको हो।

डी ब्रुइन र हालान्डले यस सिजनमा लामो समयसम्म चोटका कारण अनुपस्थित रहे। विशेषगरी बेल्जियन स्टार डी ब्रुइनले बर्नलीसँगको पहिलो लेगपछि ह्यामस्ट्रिङ सर्जरी गर्नुपरेको थियो। तर,उनी प्रमुख खेलाडीहरूलाई सहयोग आवश्यक परेको बेला भने सधैँ उपलब्ध थियो।

कतार विश्वकप २०२२ मा क्रोएसियाबाट उत्कृष्ट प्रदर्शन गरेका जोस्को गभर्डियोललाई आरबी लाइप्जिगबाट ७७ मिलियन पाउन्डमा भित्र्याइएको थियो। उनलाई भविष्यको महान् सेन्ट्रल डिफेन्डरको रूपमा ख्याति कमाइसकेका थिए। उनलाई पछि लेफ्ट (ब्याक र लेफ्ट विङ) ब्याकको रूपमा प्रयोग गरियो, जसमा उनले गोल गर्ने क्षमता पनि राम्रो देखाएका छन्। फुलह्यामसँगको ४–० को जितमा दुई गोल र नटिंघम फरेस्टमा अर्को गोल गरेका थिए।

जब गोल पोस्टमा एडरसनलाई गुमाएको थियो तब स्टेफन ओर्टेगाले उत्कृष्ट प्रभाव पार्दै टोटनह्यामविरुद्ध २–० को जित दिलाएका थिए। ओर्टेगाको आश्चर्यजनक प्रदर्शनसहित उपाधि जिताउने योगदानको रूपमा त्यस खेललाई भविष्यमा स्मरण गरिनेछ।

सन ह्युंग–मिनले गोल गर्ने निश्चितजस्तै देखिन्थ्यो, जसले सम्भवतः आर्सनललाई उपाधि दौडमा अगाडि बढाउन सक्थ्यो। त्यसबेला उनले ओर्टेगालाई मात्र पन्छाउन बाँकी थियो। गोलकिपरको फैलिएको दायाँ खुट्टाले सिटीलाई बचायो। त्यस क्षणको महत्त्वलाई यसरी देखाएका थिए कि ग्वार्डिओलाले टेक्निकल क्षेत्रमा पल्टिँदै अन्तिम सिट्ठीपछि मैदानमा उत्रिएर ओर्टेगाको गालामा चुम्बन गरेका थिए।

उपाधि होडमा यो सबैका लागि एक र एकका लागि सबैको जित थियो। सिटीले २०२३ को समरमा भित्र्याइएका खेलाडीहरूले अझै पूर्ण रूपमा क्षमताअनुसार प्रदर्शन गर्न सकेका छैनन्। जर्मी डोकु अझै परिपक्व देखिएका छैनन्। म्याथ्युस नुनेज उल्भ्सबाट ५३ मिलियन पाउन्डको स्थानान्तरणपछि अझै उत्कृष्ट लयमा देखिएका छैनन्। सिजनभरि उनीहरू सामान्यभन्दा बढी कमजोर देखिएका थिए। तर, जसरी उनका समर्थकहरूले गीत गाएरै भनेका छन् च्याम्पियन फेरि को हुन् ?

सबैभन्दा महत्त्वपूर्ण कुरा ग्वार्डिओलाका खेलाडीहरूले फेरि एक पटक उपाधि दौडको उत्कृष्ट अन्तरलाई कुनै गल्तीबिना नै सामना गर्न सक्षम भएका छन्। जसले प्रतिद्वन्द्वीहरूलाई मनोवैज्ञानिक दबाब दिन्छ, एउटै गल्ती महँगो साबित हुनेछ भन्ने बुझेका छन्।

२०१८/१९ मा सिटीले लिभरपुललाई पछि पार्न लगातार १४ खेल जितेको थियो। क्लोपको टोलीले ९७ अंक बनाएको थियो र केवल एक खेल मात्रै हारेको थियो, त्यो पनि च्याम्पियनसँग । तर, त्यो पर्याप्त थिएन। २०२१/२२ मा पनि उस्तै अन्तर थियो।

यस सिजनमा सिटीको प्रदर्शनले आर्सनललाई पछार्‍यो र उपाधि होडको दौड अन्तिम खेलसम्म गयो। आर्सनलको अन्तिम खेलमा भएको एक मात्र गल्ती एस्टन भिल्लासँगको २–० पराजय थियो। यसले सिटीको टोलीले एक सानदार अवसरका रूपमा लिएको थियो।

ग्वार्डिओलाको टोलीलाई उत्कृष्ट प्रतिभाले सजाएको छ र उनीहरूसँग सिजनको कठिनाइहरूको सामना गर्ने उच्च मानसिकता साथ तयार छ. जसले लामो दौडहरू पूरा गर्न टोलीलाई सक्षम बनाउँछ, मद्दत गर्छ। यसलाई प्रतिस्थापन गर्न चाहनेहरूका लागि भने सहज छैन।

सिटीको ट्रफीहरूको लागि चाहना अझै पर्याप्त र निरन्तर सफलताबाट सन्तुष्ट नभएकाले पछिल्ला दुई सिजनमा निकट आएको आर्सनल र लिभरपुलका लागि नराम्रो खबर बनेको छ। सिटी पहिलेजस्तै तेज छ, जसले उनीहरूलाई तेस्रो घरेलु लिग र एफए कप दोहोरो जित दिलाउन सक्छ। यसको लागि उनीहरूले वेम्बलीमा भएको गत सिजनको फाइनलको पुनरावृत्तिमा म्यानचेस्टर युनाइटेडलाई हराउनुपर्छ।

सिटीले गत सिजनको इतिहासलाई दोहोर्‍याउन नसकेको हुनसक्छ जब उनीहरूले च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन उपाधि जित्ने मात्र दोस्रो इङ्लिस क्लब बनेको थियो। तर, यस अभियानले उनीहरूको इङ्ल्यान्ड प्रमुख शक्तिको रूपमा रहेको अवस्थालाई पुनः पुष्टि गरेको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’