काठमाडौँ। निमा गुरुङले एनएसडब्लु खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन्।
अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लुको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइशा चहल र अस्ट्रेलियाकी सिना मनलाई पराजित गरी स्वर्ण जितेकी हुन्।
भारत र नेपालमा भएको क्रमशः १२ र १३औँ दक्षिण एशियाली खेलकुद (साग)की रजत विजेता निमाले २०१६ मा फिलिपिन्सको मनिलामा भएको एशियाली ओलम्पिक छनोटमा कांस्य जितेकी थिएन्।
प्रतियोगितामा भुपेन श्रेष्ठ पुरुष ८७ केजीमुनि रजत जित्न सफल भए। १३औँ सागका स्वर्णधारी भुपेन फाइनलमा अस्ट्रेलियाका आइडेन स्टिलीसँग पराजित भएका थिए।