वडाअध्यक्ष कप फुटबलको तयारी
आइतबार, बैशाख ३०, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा ७ कार्यसमितिको आयोजनामा तेस्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ १० गतेदेखि हुने भएको छ।
प्रतियोगितामा १६ पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाए।
४० वर्षमाथि उमेरसमूहको सिक्स ए साइडको प्रतियोगिताका विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउनेछन्।
चारुमति युवा परिवार र चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ९० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जानकारी गराए।
६ दिने प्रतियोगिताका खेलहरू चावहिल फुटबल मैदानमा हुनेछ।






-1759666509639.jpg&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

