बुधबार, २४ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

बुधबार, २४ असार २०८३खेलपाटी संवाददाता
रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग
Loading ad...
mustang rice ad

काठमाडौं । इजिप्ट फुटबल संघ (ईएफए)ले अर्जेन्टिनाविरुद्धको विश्वकप अन्तिम १६ को खेलमा भएको रेफ्रिप्रति गम्भीर असन्तुष्टि जनाउँदै सम्बन्धित रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन माग गर्दै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ।

ईएफएका अनुसार खेलमा रेफ्री र भिडियो सहायक रेफ्री (भीएआर)ले दोहोरो मापदण्डू अपनाएको तथा गम्भीर निर्णयगत त्रुटि गरेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न फिफासँग माग गरिएको छ।

खेलको दोस्रो हाफमा इजिप्ट १-० ले अघि रहेका बेला मोस्तफा जिकोले गरेको गोल भीएआरको हस्तक्षेपपछि रद्द गरिएको थियो। गोल बन्नुअघि इजिप्टका मिडफिल्डर मारवान अत्तियाले अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउल दिइएको थियो।

त्यसपछि खेलको अन्तिम समयमा मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रभित्र फाउल गरिएको इजिप्टको दाबी रहे पनि रेफ्रीले त्यसलाई बेवास्ता गरे। त्यसको केही क्षणमै अर्जेन्टिनाले काउन्टर आक्रमण गर्दै इन्जुरी समयमा विजयी गोल गर्दै ३-२ को रोमाञ्चक जित निकालेको थियो।

ईएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सियर र उनको रेफ्री टोलीले गरेका गम्भीर निर्णयगत त्रुटि तथा दोहोरो मापदण्डका कारण इजिप्ट विश्वकपबाट बाहिरिन बाध्य भएको भन्दै फिफामा उजुरी दर्ता गर्नुभएको छ।”

संघले रेफ्री तथा भीएआर टोलीमाथि अनुसन्धान गर्न, केही स्पष्ट दृश्यहरू पुनरावलोकन नगरेको आरोपको छानबिन गर्न तथा दोषी ठहरिए सम्पूर्ण रेफ्री टोलीलाई विश्वकपबाट हटाउन माग गरेको छ। साथै, इजिप्ट राष्ट्रिय टोलीमाथि विभेद गरिएको आरोप पनि लगाएको छ।

इजिप्टको इतिहासमा विश्वकपको क्वार्टरफाइनल यात्रा अझै सम्भव हुन सकेको छैन। यसपटक पनि अन्तिम १६ मै हार बेहोरेपछि टोलीको यात्रा टुंगिएको हो।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले ७९औँ मिनेटमा पहिलो गोलका लागि पास उपलब्ध गराएका थिए भने ८३औँ मिनेटमा स्वयं बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। सम्भवतः यो मेस्सीको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेको छ।

खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि अन्याय भएको आरोप लगाए।

उनले भने, “हामीमाथि अन्याय भयो। सायद उनीहरू विश्व विजेता टोलीलाई प्रतियोगितामै राख्न चाहन्थे। सायद उनीहरू मेस्सीलाई पनि प्रतियोगितामा अगाडि बढाउन चाहन्थे।”

गोल रद्द भएका मोस्तफा जिकोले पनि रेफ्रीको निर्णयप्रति आक्रोश व्यक्त गर्दै भने, “रेफ्री अत्यन्त अन्यायी थिए। खेलको सुरुदेखि नै हामीमाथि अन्याय भएको स्पष्ट देखिन्थ्यो। यो प्रतियोगिता मिलेमतोमा सञ्चालन गरिएको जस्तो देखिन्छ।”

अब अर्जेन्टिनाले शनिबार (नेपाली समय आइतबार बिहान) क्यान्सस सिटीमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

Loading ad...
LiNing Ad
#worldcupfootballkhelpati

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

फिफा अध्यक्षमाथि छानविन गर्न माग

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

"रेफ्रीहरु अर्जेन्टिनालाई प्रतियोगितामा राख्न चाहन्थे"

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

‘डराएर फुटबल नछोड’ : नेयमारलाई बुवाको भावुक आग्रह

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

महिला कबड्डी टोलीले झापामा तयारी गर्ने

आँसुमा टुंगिएको विश्वकपको सपना

आँसुमा टुंगिएको विश्वकपको सपना

रोनाल्डोको यात्रा समाप्त

रोनाल्डोको यात्रा समाप्त