मेस्सीको जादुयी पुनरागमनमा अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३-२ को रोमाञ्चक जित निकालेको छ।
इजिप्टले यासेर इब्राहिम र मोस्ताफा जिकोको गोलमा २-० को अग्रता बनाएको थियो।
खेलको पहिलो हाफमा लियोनल मेस्सीको पेनाल्टीसमेत इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले बचाएपछि अर्जेन्टिना ठूलो दबाबमा परेको थियो।
तर अन्तिम समयतिर अर्जेन्टिनाले शानदार कमब्याक गर्यो। ७९औँ मिनेटमा मेस्सीको पासमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए। त्यसपछि ८३औँ मिनेटमा मेस्सी आफैंले बराबरी गोल गरे।
इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को जित दिलाए।
जितसँगै साविक विजेता अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने उत्कृष्ट प्रदर्शनका बाबजुद इजिप्ट अन्तिम १६ बाट बाहिरिएको छ।
यस खेलसँगै मेस्सी विश्वकप इतिहासमा लगातार ६ नकआउट खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।





-1787446454488.webp&w=3840&q=75)

-1787406623559.webp&w=3840&q=75)


-1787414009919.jpeg&w=3840&q=75)


