ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा सुनमाया तेस्रो
२०२४ मे १२, आइतबारखेलपाटी संवाददाता

काठमाडौँ। नेपाली धाविका सुनमाया बूढा ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो भएकी छन्।
स्पेनको क्यानरी आइल्यान्डस्थित भोल्क्यानिक आइल्यान्ड ला पाल्मामा भएको उक्त अल्ट्रा म्याराथनमा सुनमाया तेस्रो भएकी हुन्। उनले ७२ किलोमिटरको दूरी ८ घण्टा २० मिनेट ३१ सेकेन्डमा पूरा गरिन्।
पहिलो भएकी रुथ क्रोफ्टले ८ घन्टा २ मिनेट ४९ सेकेन्डमा उक्त दूरी पूरा गरिन्।दोस्रो भएकी इदा निल्सनले उक्त दूरी ८ घन्टा १६ मिनेट ३२ सेकेन्डमा पूरा गरिन्।