काठमाडौं । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर महर्जनलाई सरकारले नगद ७ लाख सहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले विश्व च्याम्पियनसिपका स्वर्ण विजेता महर्जनलाई नगद सहित सम्मानको तयारी थालेको हो ।
राखेप स्रोतका अनुसार स्वर्ण विजेता महर्जनलाई सरकारले नगद ७ लाख सहित सम्मान गर्ने तयारी गरेको छ ।
थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा महर्जनले पुरुष ७५ केजी तौल समुहमा स्वर्ण जितेका थिए ।
राखेप र खेलकुद मन्त्रालयले संयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट महर्जनको सम्मान गर्ने तयारी अघि बढाएको छ ।
गत पुस १ गते थाईल्याण्डमा भएको वल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस च्याम्पियनसिपमा महेश्वरले ऐतिहासिक पदक जित्न सफल भएका थिए । उनले भारत र सिंगापुरका खेलाडीलाई पछाडी पार्दै ७५ केजी स्पर्धामा स्वर्ण जितेका हुन् ।