काठमाडौँ। काजाखस्तान बरिसी ग्रान्ड स्लाममा मनीता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्ने भएकी छन्।
पेरिस ओलम्पिकका लागि छनोट आधारका रुपमा रहेको प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन्।
उक्त प्रतियोगितामा सहभागी हुन मनीतासहित २ सदस्यीय नेपाली जुडो टोली बुधबार काजाखस्तानको अस्ताना प्रस्थान गर्नेछ। प्रतियोगिता मे १० देखि १२ तारिखसम्म हुनेछ।
मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाए।प्रशिक्षकमा देबु थापा छिन्।