शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
  4. /
  5. कोशीकी कुसुम र सविनासहित चार खेलाडी सेमिफाइनलमा

कोशीकी कुसुम र सविनासहित चार खेलाडी सेमिफाइनलमा

२०२४ अप्रिल १९, शुक्रबारखेलपाटी संवाददाता

कोशीकी कुसुम र सविनासहित चार खेलाडी सेमिफाइनलमा

बागलुङ। कोशी प्रदेशकी कुसुम राजवंशी र सविना तामाङसहित चार खेलाडी पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

बागलुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा ढोरपाटन नगरपालिका–१ बुर्तिबाङस्थित बसपार्कमा शुक्रबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ५०–५७ केजी तौल समूहमा कोशीकी कुसुम राजवंशी र सविना तामाङ तथा विभागीय टोली त्रिभुवन आर्मीकी निकिता धामी र सविना सुनार सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पहिलो खेलमा कोशीकी कुसुमले विभागीय टोली नेपाल पुलिस क्लबकी सुस्मिता थापालाई पराजित गरिन्। अर्को खेलमा आर्मीकी निकिताले गण्डकीकी रिया श्रेष्ठलाई पराजित गरिन्। दिनको तेस्रो खेलमा कोशीकी सविनाले लुम्बिनीकी बसन्तीकुमारी विकलाई पराजित गरिन्।

चौथो तथा अन्तिम खेलमा आर्मीकी सविनाले बागमती प्रदेशकी रजनी रेग्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिन्। 

प्रोफेसनल फाइटमा महिलातर्फ ५०–५७ केजी तौलसमूह र पुरुषमा ५५–६२ केजी तौल समूहका खेलाडीले चुनौती दिन पाउनेछन्। यस प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश र एक आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष प्रतीक घर्तीमगरले जानकारी दिए। प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदक, ट्रफी र नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने छन्। महिला र पुरुष दुवैतर्फ च्याम्पियनले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन्। 

उक्त प्रतियोगिताको संघीय सांसद तथा पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए। सो अवसरमा पौडेलले खेल क्षेत्रको विकास भएमा मात्र राष्ट्रको विकास हुने बताउँदै तीन वटै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए। 

‘म विदेशका धेरै ठाउँमा जाँदासमेत खेल क्षेत्रबाट धेरै प्रगति भइसकेको देखेको छु। नेपालमा पनि खेलकुदको सम्भावना प्रचुर रहेका छ। त्यसको व्यवस्थापनका निम्ति राज्यकै तीन वटै तहले कार्यक्रम अगाडि ल्याउनु पर्छ। म त्यसका निम्ति पहल गर्ने छु,’ उनले भने। 

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतले ढोरपाटन क्षेत्र खेलकुद क्षेत्रमा अगाडि रहेको बताए। खेलकुद स्वास्थ्य र राष्ट्रका लागि महत्त्वपूर्ण गहना भएका कारण नगरपालिकाले यस क्षेत्रमा पर्याप्त लगानी गरिरहेको उनले जानकारी दिए। ढोरपाटले मात्रै नभई खेलकुदमा तीन वटै तहले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

‘खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको छ। तीन वटै तहका सरकारले यसलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।  कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्की, महासंघ केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठलगायत केन्द्रीय र प्रदेश समितिका पदाधिकारीको उपस्थिति थियो।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bhat Bhateni
एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे