विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ ।
झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।
बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ । प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर द्धितीय भएको छ । सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।
प्रतियोगिता अन्तर्गत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्धितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भएकी छिन् ।
यसैगरी ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बि.क, द्धितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् ।
यस्तै ५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्धितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् ।
यस्तै ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्धितीय सुनसरीकी एलिजा राइ, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् ।
यस्तै ६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्धितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् ।
यस्तै ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्धितीय झापाकी सुष्मा आक्षमी भइन् ।
यसैगरी पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्धितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए ।
यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्धितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।
यसैगरी ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्धितीय इलामका दिपप्रसन राइ, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए ।
यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्धितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए ।
६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए ।
यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्धितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।
दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।