काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एक युवा खेलाडीलाई 'मणि बिक्रम शाह युवा खेलाडी अवार्ड' प्रदान गर्ने भएको छ ।
एन्फाले बिहिबार स्वर्गीय पुर्व कप्तान मणि बिक्रम शाहको नामबाट उक्त अवार्डको घोषणा गरेको हो । उक्त अवार्डको पुरस्कार राशी १ लाख रहने एन्फाले जनाएको छ । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्ने एक युवा खेलाडीले उक्त पुरस्कार पाउनेछन् ।
नेपाली म्यारोडोनाको नामले चिनीने शाहको गत वैशाखमा निधन भएको थियो ।