आइतबार, ०६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

सुस्मिता र रिक्साङ च्याम्पियन

आइतबार, २१ माघ २०८०खेलपाटी संवाददाता
सुस्मिता र रिक्साङ च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौं राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा–७ को सहआयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिलामा र रिक्साङ पुरुषतर्फ च्याम्पियन भएका हुन् ।

सुस्मिता र रिक्साङले च्याम्पियन ट्रफीका साथै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए । सुस्मिताले फाइनलमा कोसी प्रदेशकी कुसुम राजवंशीलाई हराइन् ।

रिक्साङले भने फाइनलमा आयोजकका निर्मल लामालाई पराजित गरे । दोस्रो स्थानमा सीमित कुसुम र निर्मलले ४० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनु प¥यो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबका श्रीप्रसाद बुढाले तेस्रो स्थान प्राप्त गरे । महिलामा भने आर्मीकी निकिता धिमाल तेस्रो भइन् । यी दुवैले नगद ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गरे । प्रतियोगिताका विजेतालाई खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, वडा–७ का अध्यक्ष सिरे तामाङले पुरस्कृत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अथिति खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमारले देशमा खेल क्षेत्र विकासका लागि हरेक स्थानीय तहको भूमिका अहम् हुने र त्यसका लागि सबै स्थानीय तहले प्रयत्न गर्नुपर्ने आवश्यक औंल्याए ।

कार्यक्रमको अध्यक्षता गर्नु भएको वडा–७ का अध्यक्ष सिरे तामाङले आफ्नो वडाले खेलाडीहरूलाई प्रोत्साहका साथै खेलकुद विकासका कामहरू गरिरहेको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि प्रोफेसनल आइटिएफ तेक्वान्दो खेल प्रतिस्पर्धालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतियोगितामा आयोजक, सात प्रदेशका साथै तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीले छनोटबाट समान दुई पुरुष र दुई महिला खेलाडी मात्र प्रतिस्पर्धा गराउन पाउने प्रावधानअनुरूप प्रतिस्पर्धा गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्पm ४७ देखि ५५ र पुरुषमा ५० देखि ५७ केजी तौलसमूहका खेलाडीले प्रोफेसनल आइटिएफ तेक्वान्दोमा प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
#सुस्मिता र रिक्साङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

लेखनाथमा प्रथम जुनियर तेक्वान्दो हुने

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

रोमा सिरी ‘ए’ को शीर्ष स्थानमा पुग्न वञ्चित

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

एमबाप्पेले गरे आफ्नो ‘आइडल’ रोनाल्डोसँग कीर्तिमानी बराबरी

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

पथरी–११ सतिसाले गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

एपीएफलाई हराउँदै इस्ट बंगालले जित्यो उपाधि

पहिलो हाफमै एपीएफले खायो २ गोल

पहिलो हाफमै एपीएफले खायो २ गोल

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

वेलिङ्टनको जितमा साम्बाको २  गोल

वेलिङ्टनको जितमा साम्बाको २ गोल