काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनलमा स्वर्ण जित्न सफल भएकी छन् ।
शुक्रबार ढाकामा महिलातर्फ सन्तोषीले २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै उपाधि जित्न सफल भइन् ।
यसअघि नेपालकी पुष्पा भण्डारीको नाममा रहेको २ घण्टा ४८ मिनेट ०२ सेकेण्डमा दुरीको रेकर्ड पनि तोडेकी छन् ।
यसै विधामा पुष्पाले रजत पदक जितकी छन् । पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेकी हुन् ।
सन्तोषी दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागकी स्वर्ण विजेता पनि हुन् ।