आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

अन्जलीलाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान

शनिबार, २८ पौष २०८०खेलपाटी संवाददाता
अन्जलीलाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान
Classic Tech Internet Ad

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराँते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो ।

अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराँते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पनि ३ तीन पदक जित्न सफल भएकी थिइन् । अन्जलीले एकल र टिम काता तथा कुमुतेमा स्वर्ण जितेकी थिइन् ।

पूर्व मन्त्री, लेखक, साहित्यकार एवं समाजसेवी भद्रकुमारी घले, पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सांसद् केशव पोखरेल, कमला कार्की स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं ब्राइट फ्युचर स्कुलका प्रिन्सिपल मोहनकुमार कार्कीले अन्जलीलाई नगद १० हजार १ रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरेका छन् ।

नैकापस्थित ब्राइट फ्युचरमा भएको कार्यक्रममा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, पत्रकार ममता थापा, चन्द्रागिरी नगरपालिका वडा १४ र १५ का क्रमशः ९७ वर्षीयाँ धनमाया महर्जन र ९४ वर्षीयाँ भगवती खत्रीलाई पनि समान १० हजार १ रुपैयाँ नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । संस्था सम्मानतर्फ नेवारी वाजा खललाई १ लाख १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

प्रमुख अतिथि भद्रकुमारी घलेले स्व. कमला कार्कीका छोरा मोहनकुमार कार्कीले आमाको नाममा संस्था स्थापना गरी विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेर आमाप्रति उच्च सम्मान प्रकट गरेको धारणा व्यक्त गरिन् ।

संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने महानुभावहरुलाई आफ्नो संस्था मार्फत सानै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

Bajaj Pulsar Motorcycle Ad
#कमला कार्की स्मृति प्रतिष्ठान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती