काठमाडौं । बागमती प्रदेश प्रथम राष्ट्रिय बेसबल फाइभ प्रतियोगितामा च्याम्पियन बनेको छ ।
नेपाल बेसबल तथा सफ्टबल संघद्वारा नेपालमै पहिलो पटक आयोजित बेसबल फाइभको फाइनलमा बागमतीले मधेश प्रदेशलाई ६–५ ले पराजित ग¥यो ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–४ ले हराउँदै तेश्रो भयो ।
प्रतियोगितामा मधेशका सुकेशकुमार यादव सर्वोत्कृष्ट खेलाडी तथा सुदूरपश्चिमका नितिन पाण्डे सर्वाधिक स्कोरकर्ता बने ।
विजेताले ३० हजार, उपविजेता २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षापति र आयोजक संघका अध्यक्ष दीपक न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा ७ टिम सहभागी थिए ।