काठमाडौं । धनगढीको अलस्टार्स स्पोर्ट्स एकेडेमीले विपन्न दुई महिला फुटबल खेलाडीलाई वार्षिक पारिश्रमिक दिने भएको छ ।
धनगढीमा बिहीबार आयोजित एक कार्यक्रमका बीच एकेडेमीले दुई जना महिला फुटबल खेलाडीलाई वार्षिक रुपमा जनही ४० हजार दिने भएको हो ।
अलस्टार्स स्पोर्ट्स एकेडेमीले आर्थिक अवस्था कमजोर रहेका महिला फुटबल खेलाडी बिर्सना चौधरी र गोमा रोकायालाई जनही ४० हजार बार्षिक रुपमा दिने गरी सम्झौता गरेको हो ।
एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की तथा महिला फुटबल खेलाडीद्धय विर्सना र गोमाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । स्पोर्टस एकेडेमीले हालै चितवनमा भएको राष्ट्रिय महिला जेसिज कपको उपाधि समेत जितेको छ ।
फुटबलमा राम्रो क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका अन्य महिला फुटबल खेलाडीहरुलाई आगामी दिनमा सम्झौता गर्दै जाने अलस्टार्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीले जानकारी दिए ।