बूढानीलकण्ठ र गोल्डेन गेट फाइनलमा भिड्ने
सोमबार, ०९ पौष २०८०खेलपाटी संवाददाता
काठमाडौं । बूढानीलकण्ठ र गोल्डेन गेट समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा फाइनलमा प्रवेश गरेको छन् ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले पराजित गर्यो ।
बूढानीलकण्ठका तेन्जिङ शेर्पाले ४१ अंक जोडे । गोल्डेन गेटले सीसीआरसीलाई १०५–१०२ ले हरायो । गोल्डेन गेटका नोकेश मगरले ४० स्कोर गरे ।
गल्समा बूढानीलकण्ठ र आईएसए नेपालले उपाधि भिडन्त पक्का गरिसकेका छन् ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मंगलबार हुनेछ ।
#समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)



-1774280237611.jpeg&w=3840&q=75)




