समृद्धि बास्केटबलमा सीसीआरसी सेमिफाइनलमा
आइतबार, पुष ८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सीसीआरसी समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
सीसीआरसीसंगै गोल्डेन गेट, बूढानीलकण्ठ र टाइम्स पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सीसीआरसीले कीर्तिपुरलाई ७८–७४, गोल्डेन गेटले स्नोल्यान्डलाई ८६–५५, बूढानीलकण्ठले ग्रिनफिल्डलाई १००–८३ र टाइम्सले आईएसए नेपाललाई ७५–५५ ले पराजित गरे ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको गल्समा बूढानीलकण्ठ र आईएसए नेपालले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
#समृद्धि बास्केटबल










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


