शनिबार, कार्तिक १६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

गोपीलाई नेपालगन्ज म्याराथनको उपाधि 

शनिबार, मंसिर ९, २०८०खेलपाटी संवाददाता
गोपीलाई नेपालगन्ज म्याराथनको उपाधि 
Classic Tech Internet Ad

बाँके । नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । पार्कीले दोस्रो पटक नेपालगञ्ज म्याराथनको उपाधी जितेका हुन् । उनले यसअघि छैठौ संस्करण जितेका थिए ।

पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा २१ मिनेट ३८ सेकेन्डमा पूरा गरेका छन् । उनले डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पारेका छन् । गतवर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा दुरी पार गरेर उपाधी जितेका खड्काले यसपाली २ घण्टा २२ मिनेट एक सेकेन्डमा दुरी पार गरेर दोस्रो भएका छन् । 

सातौ संस्करणका च्याम्पियन एपीएफका किरणसिंह बोगटी तेस्रो भएका छन् । उनले २ घण्टा २५ मिनेट ४३ सेकेन्डमा दुरी पार गरेका थिए । सन्तोषविक्रम विष्ट चौथो, मोहनदेव जोशी पाँचौ, प्रेमबहादुर बस्नेत छैठौ, शेरबहादुर बुढा सातौ र अजय विके आठौं भएका छन् । 

म्याराथनको उपाधी जितेका पार्कीले दुई लाख, दोस्रो भएका खड्काले एक लाख, तेस्रो भएका बोगटीले ५० हजार पाएका छन् । चौथो भएका विष्टले २५ हजार, पाँचौ भएका जोशीले १५ हजार, छैठौ भएका बस्नेतले १० हजार, सातौ भएका बुढा र आठौ भएका विकेले ५÷५ हजार पुरस्कार पाएका छन् ।  

हाफ म्याराथन (महिला) मा धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन् । लगातार तेस्रो पटक उपाधी जित्दै श्रेष्ठले ७५ हजार रुपैया पुरस्कार पाएकी छन् । श्रेष्ठले एक घण्टा २० मिनेट ५१ सेकेन्डमा दुरी पार गरेकी छन् । आठौंमा उनले एक घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरेकी थिइन् । 

हाफ म्याराथनमा फूलमति राना दोस्रो भएकी छन् । उनले एक घण्टा २१ मिनेट एक सेकेन्डमा दुरी पार गरिन् । दोस्रो भएकी रानाले ५० हजार पुरस्कार पाइन् । छैठौ संस्करणमा उपाधी जितेकी पुष्पा भण्डारी तेस्रो भएकी छन् । एक घण्टा २३ मिनेट ३६ सेकेन्डमा दुरी पारेकी उनले २५ हजार पुरस्कार पाएकी छन् । चौथो भएकी विन्द्राधान्के श्रेष्ठले १५ हजार, पाँचौ भएकी राज्यलक्ष्मी रावलले १० हजार, छैठौ भएकी गणना भण्डारीले ५ हजार पुरस्कार पाएकी छन् । 

म्याराथनका विजेतालाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगञ्ज म्याराथनका संस्थापकका अध्यक्ष टीएस ठकुरी लगायतले पुरस्कार वितरण गरेका थिए । 

 एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथन नेपाल सरकार र तत्कालिन सशस्त्र माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा आयोजना हुदै आएको छ ।
 

Bajaj Pulsar Motorcycle Ad
#गोपीलाई नेपालगन्ज म्याराथन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

कीर्तिमान बनाउन २ रनले चुके रोहित

कीर्तिमान बनाउन २ रनले चुके रोहित

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

५ महिनापछि दीपेन्द्रले हाने अर्धशतक

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

नेपालगन्ज स्विमिङ : पहिलो दिन २६ स्वर्णको टुङ्गो

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

 डु प्लेसिसले विराटनगरबाट खेल्ने

डु प्लेसिसले विराटनगरबाट खेल्ने

खड्का मुख्य प्रशिक्षक नियुक्त

खड्का मुख्य प्रशिक्षक नियुक्त