काठमाडौं । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागि टिमले श्री एयरलाईन्समा यात्रा गर्ने भएका छन् । नेपालमा आयोजना हुने प्रतियोगिता विराटनगरमा सञ्चालन गर्न लागिएको छ ।
नेपाल आउने सात टिमका खेलाडी तथा अफिसियललाई श्री एयरलाईन्सले काठमाडौंबाट विराटनगर र विराटनगरबाट काठमाडौंसम्मको यात्रा गराउनेछ ।
प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा सञ्चालन गरिदैछ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र श्री एयरलाईन्सका म्यानेजर सुनिल विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मोफसलमा आयोजना गर्न लागिएको प्रतियोगितामा ह्वाई यातायातमा धेरै खर्च लाग्ने भएपछि श्री एयरलाईन्ससंग सम्झौता गरेको एन्फा प्रवक्ता किरण राईले बताए ।
सम्झौता अनुसार नेपाल र भारत बाहेकका ५ टिमलाई एयरलाईन्सले १३ हजार ५ सयको दरले दुईतर्फी रुपमा काठमाडौं विराटनगरको यात्रा गराउनेछ ।
त्यस्तै ईन्डिया र नेपाली टिमका सदस्यलाई ९ हजार ५ सयको दरले दुईतर्फी रुपमा एयरलाईन्सले यात्रा गराउनेछ ।