काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २९ खेलका खेलाडीलाई 'एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरेको छ ।
ललितपुरस्थित पाटन दरबार स्क्वायरमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै २९ खेलका उत्कृष्ट खेलाडीलाई 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरेको हो ।
सम्मानित हुने २९ खेलका प्रत्येक खेलाडीले समान १०/१० हजार नगद पुरस्कार पाएका छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुनेछ । संघले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली महिला टोलीलाई सम्मान गरेको छ ।
बर्ष उत्कृष्ट खेलाडी अवार्ड पाउने खेल र खेलाडी :
फुटबल : सावित्रा भण्डारी
पौडी : गौरिका सिंह
भलिबल : इम राना मगर
टेबल टेनिस : स्यान्टु श्रेष्ठ
सुटिङ : सुस्मिता नेपाल
बक्सिङ : पिङ्गला श्रेष्ठ
भारोत्तोलन : कमल बहादुर अधिकारी
लन टेनिस : प्रणव खनाल
सफ्ट टेनिस : युकेस योन्जन
कबड्डी : नागेश्वर थारु
फेन्सिङ : जंग गिरी
हक्की : मनोज चौधरी
स्क्वास : भावना सुनुवार
सेपाताक्रो : रुपेश सुनार
साइक्लिङ : नारायण गोपाल महर्जन
खोखो : सन्तोस बोहोरा
बास्केटबल : मनिष राज उपाध्याय
तेक्वान्दो : सुनिता तामाङ
ब्याडमिन्टन : नङसदेवी तामाङ
ट्रायथलन : बसन्त थारु
ह्याण्डबल : बन्दना राई
कराते: अनु अधिकारी
जुडो: मनिता श्रेष्ठ प्रधान
उसु: अमर सुनार
आर्चरी : रमेश भट्टचन
एथलेटिक्स : विश्व रुपा बुढा
गल्फ: टंक बहादुर कार्की
कुस्ती : माया लोहाल
तेक्वान्दो - अस्मिता खड्का