शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

'एफ–वान इन स्कुल्स' फाइनल चरणमा 

शुक्रबार, २६ आश्विन २०८०खेलपाटी संवाददाता
'एफ–वान इन स्कुल्स' फाइनल चरणमा 
Loading ad...
mustang rice ad

एकराज  सुवेदी ।

आगामी असोज २८ गते आइतबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘फर्मुला वान इन स्कुल्स इन नेपाल २०२३ नेसनल च्याम्पियनसिप’ को फाइनल राउन्ड हुँदैछ । काठमाडौं इन्जिनियरिङ कलेजमा सम्पन्न प्राक्टिस राउन्डमार्फत छनोट भएका खेलाडीहरु उक्त नेसनल च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस प्रकारको च्याम्पियनसिप ऐतिहासिक हुने अनुमान गर्न सकिन्छ । प्रत्येक टिममा ४ देखि ६ जना सम्म विद्यार्थी हुने र ती मध्ये कम्तीमा ६६ प्रतिशत अर्थात दुई तिहाई महिला हुनैपर्ने प्रावधान राखिएकाले पनि यसको महत्व अझै बढेर गएको छ । बढीमा ६ टिम यसमा सहभागी हुने व्यवस्था गरिएको छ । सहभागि टिममा द्रिष्टी, द बोल्टज, फोटोन, इन्फर्नो, फल्यास र ड्रागन ड्रिफटर्स रहेका छन् ।

यि टिमहरुमा काठमाडौँ इन्जिनियरिङ्ग कलेज, थापाथली इन्जिनियरिङ्ग कलेज, एडेभान्स इन्जिनियरिङ्ग कलेज लगायतका कलेजबाट बिभिन्न स्ट्रिममाका विद्यार्थीहरु रहेका छने ।

खेलमा विजयी हुने टिमलाई ३० हजार र उप–विजेतालाई २० हजार रुपैयाँ तथा शिल्ड प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।

के हो एफवान इन स्कुल्स ?

फर्मुला वान मोटर स्पोर्ट्समा चासो राख्नेहरुका लागि लोकप्रिय खेल हो । मोटर स्पोर्ट्सको विश्वमै सबैभन्दा ठूलो र लोकप्रिय खेल फर्मुला वानमा तीव्र गतिमा कार कुदाइन्छ । फर्मुला वानको प्रारम्भिक विधा हो फर्मुला वान इन स्कुल्स अर्थात एफवान इन स्कुल्स जुन १९ वर्ष भित्रका युवा माझ सञ्चालन गरिन्छ ।

फर्मुला वानमार्फत चुनौतीपूर्ण शैक्षिक अनुभव र क्रिएसन आदान प्रदान गर्नका लागि फर्मुला वान इन स्कुल्सको स्थापना गरिएको हो । यसमा ९ देखि १९ वर्ष उमेरका विद्यार्थीहरुले एफवान मोडल ब्लकमा संचालित कारको डिजाइन, विश्लेषण, उत्पादन र परीक्षणका साथै कार रेस समेत गर्नका लागि आवश्यक सफ्टवेयर समेत प्रयोग गर्छन् । युवाहरुका बीचमा फर्मुला वानको जानकारी प्रदान गर्नका लागि यो अद्वितीय ग्लोबल प्लेटफर्म हो ।

टिममा संलग्न सदस्यहरुले अनुसन्धान, यातायात र आवासका लागि लाग्ने बजेटको व्यवस्थापन गर्छन् । उनीहरुले एरोडाइनामिक्स, डिजाइन, उत्पादन, ब्रान्डिङ, ग्राफिक्स, स्पोन्सरसिप, मार्केटिङ, लिडरसिप, टिमवर्क, मिडिया स्किल आदिका वारेमा सिक्नका लागि सूचना प्रविधिको प्रयोग गर्छन् र त्यसलाई व्यावहारिक रुपमा लागू गर्छन् । उनीहरुले यसका लागि आवश्यक विधि अनुसारको फर्मुला वान कारको डिजाइन समेत गर्न सक्छन् । फर्मुला वानको गाइडलाइन अनुसार नै सबै कार्य गर्नुपर्ने व्यवस्था गरिएको हुन्छ ।

एफवान इन स्कुल्स किन ?
 
मोटर स्पोर्ट्सलाई ग्रासरुट तहमै पु¥याउनका लागि यस प्रकारको अभियान सञ्चालन गरिएको फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइलका वर्ल्ड काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराई बताउँछन् । विश्वमै लोकप्रिय फर्मुला वानमा युवा विद्यार्थीलाई सहभागी बनाउन तथा आधुनिक प्रविधि, समय र समाजसँग सहकार्य गर्न यो अभियानले सहयोग पुग्ने उनको भनाइ छ ।

थोरै लगानीमा आम समुदायलाई खुसी पार्न, मोटर स्पोर्ट्स र इनोभेसनको संयोजन गर्न, भविष्यका ड्राइभर र लिडर तयार गर्न, विद्यार्थीमार्फत क्लब, संघ तथा महासंघसम्म प्रभाव पु¥याउन, महिला विद्यार्थीको सशक्तिकरण गर्न तथा विश्वमै र नेपालमा समेत यस प्रकारको नयाँ खेलमा महिला वर्गलाई नेतृत्वकर्ता बनाउन यसले भूमिका खेल्ने उनको भनाइ छ ।

एफवान इन स्कुल्स इन नेपाल एक प्रकारको स्कुल नै मान्न सकिन्छ । यसमा विद्यार्थीहरु भर्ना हुन्छन् र एफवानको मोडल गाडी बनाउछन् । नेपाल अटोमोबाइल्स एसोसिएसनका ई–स्पोर्ट कमिसनका सदस्य ई प्रवेश पौडेल भन्छन्, ‘कम्प्युटरमा डिजाइन गरिएको मोडलका आधारमा एफवान गाडी बनाएर विभिन्न प्रतियोगितामा सहभागी हुन पाउने भएकाले यसबाट विद्यार्थीहरुको रचनात्मक क्षमता वृद्धि हुन्छ । एफवान स्ट्यान्डर्डको ट्रयाकमा सहभागी हुने र ७५ किलोमिटर भन्दा बढीको तीव्र गतिमा कार कुदाउने कला र अन्य क्षमता समेत उनीहरुले विकास गर्छन् ।’

विभिन्न वर्गको भूमिका

नेपालमा पनि यो अभियान सञ्चालनमा छ । नेपाल अटोमोबाइल्स एसोसिएसनले अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन अर्थात फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल एफआइएको सहयोगमा गत वर्षदेखि यो फर्मुला वान इन स्कुल्स इन नेपाल अभियान सञ्चालन गरिरहेको छ । 

सन् २०२१–२२ को लागि स्पोर्ट ग्रान्ट कार्यक्रममा नेपाल समेत परेको थियो । यस अनुसार एफवान इन स्कुल्स इन नेपाल कार्यक्रमको लागि अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)ले ६५ लाख रुपैयाँ बराबरको इन्जिनियरीङ्ग सामाग्री, १५ लाख रुपैयाँको अन्तराष्ट्रिय जनशक्तिलाई काममा लगाउने शुल्क, १४ लाख बराबरको कम्पनी शुल्क र ग्लोबल पहुँच जस्ता कार्यमा बहुवर्षिय रुपमा सहयोग गरेको छ ।

यसै अन्तर्गत काठमाडौं इन्जिनियरिङ कलेजले १५ लाख रुपैयाँ प्रायोजन गरेको थियो । यी बाहेक बाँकी रकम नासा नेपालको बजेटबाट व्यवस्थापन गरिएको थियो । सो कार्यक्रम अन्तर्गत कुल १९५ जना विद्यार्थीहरु सहभागी भएका थिए र ती मध्ये ८० प्रतिशत भन्दा बढी महिला थिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको कार्यक्रमका लागि एफवान कम्पनीले आवद्धता दिएको थियो र यसका लागि ५ हजार पाउन्ड शुल्क तिर्नु परेको थियो ।

पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता

गत सेप्टेम्बर १० देखि १२ सम्म सिंगापुरमा फर्मुला वान इन स्कुल्स फाइनल राउन्डमा विश्वका ६० भन्दा धेरै देशका विद्यार्थीहरु सहभागी भएका थिए । जहाँ फर्मुला वान कारको डिजाइनिङ र स्पिडिङ, ट्रयाकको ले–आउट, इनोभेसन र टिम विल्डिङ जस्ता विषयहरूको प्रतिस्पर्धा भएको थियो ।

यसै अन्तर्गत काठमाडौ इन्जिनियरिङ कलेजका दुई विद्यार्थी सहित चार सदस्यीय नेपाली टिम फर्मुला वान इन स्कुल्सको फाइनल खेलको अध्ययनको लागि केही दिन पहिले सिंगापुर प्रस्थान गरेका थिए । काठमाडौ इन्जिनियरिङ कलेजका आर्किटेक्ट इन्जिनियरिङका चौथो वर्षका अस्मिता बगाले र समीक्षा नेपालले सो अवसर प्राप्त गरेका थिए । टिममा सोही कलेजका विभागीय प्रमुख ई राजन लामा व्यवस्थापकका साथै लिगल गार्जियनको रुपमा रहेका थिए । 

 
 

Loading ad...
LiNing Ad
#एफ–वान इन स्कुल्स इन नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध