काठमाडौं । एसियन गेम्समा नेपालका गणेश गुरुङ क्यानोइङमा आठौँ भएका छन् ।
शनिबार फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको फाइनल चरणमा प्रवेश गरेका गशेण फाइनलमा पुगेका १० खेलाडी मध्ये गणेश आठौ भएका हुन् ।
शनिबारनै भएको सेमिफाइनल चरणको खेलमा गणेश शीर्ष १० मा रहँदै फाइनल चरणमा पुगेका थिए ।
क्यानोइङमा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनेज ताइपेइका उ साओले हसुनले कांस्य जिते ।
क्यानोइङमा १६ खेलाडीले भाग लिएका थिए ।
शनिबारनै भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौल समूहको प्रिक्वाटरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए ।
पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमिनेस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्फ शिवाङ्गी दुवे र सुशिला चन्द पहिलो खेलमै पराजित भएका थिए ।