काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा शनिबार हुने अन्तर नगरपालिका राष्ट्रिय क्रशकन्ट्री दौडको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै आयोजक संस्थाले काठमाडौंको चन्द्रागिरीमा शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।
देशभरका नगरपालिकालाई एथलेटिक्स खेलसँग जोड्ने उद्धेश्यले सूरुआत गरिएको प्रतियोगिताको पहिलो संस्करणमा ३५ वटा नगरपालिकाबाट २ सय ५३ जना खेलाडीहरुले नाम दर्ता गराएको बताईएको छ ।
प्रतियोगितामा सिनियर पूरुष र महिला तर्पm १० किमी दौड एबं जुनियर महिला र पूरुषतर्फ ५ किमी दौड सहित कूल ४ ईभेन्टमा व्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १० किमी सिनियर महिला तथा पूरुषको व्यक्तिगततर्फ प्रथम हुनेलाई समान २५ हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार प्रदान गरिने एथलेटिक्स परिवार नेपालले जनाएको छ । जुनियर महिला र पुरुष ५ किमी व्यक्तिगतमा प्रथमलाई समान १५ हजार, द्धितियलाई १० हजार र तृतियलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यस्तै, सिनियर १० किमी महिला र पूरुषमा टिम प्रथमलाई समान २४ हजार, द्धितियलाई १८ हजार र तृतियलाई १२ हजार तथा जुनियर महिला र पूरुष टिममा प्रथमलाई १५ हजार, द्धितियलाई १२ हजार र तृतियलाई ९ हजार रुपैयाँले पुरस्कृत बताईएको छ ।
प्रतियोगितामा समाबेश भएका ४ वटा ईभेन्टमा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमलाई ४२ हजार, द्धितियलाई ३० हजार र तृतियलाई १८ हजार, चौथोलाई १४ हजार र पाँचौलाई १२ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था एथलेटिक्स परिवार नेपालले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा चन्द्रागिरी नगरपालिकाले सह–आयोजकको रुपमा जोडिएको छ । दौड बिहान ९ बजे चन्द्रागिरी नगरपालिकाको परिसरबाट सुरु हुने तालिका रहेको छ ।