काठमाडौं । महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना तीन विद्यार्थी खेलाडीलाई बिदाइ गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई बिदाई गरेको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापा लगायतले उत्कृष्ट प्रर्दशन गर्नका लागि शुभकामना दिए ।
पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि दवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्ने छन् ।
तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरुसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन् ।
सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् ।
प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।