काठमाडौं । चार जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वविरुद्व मोर्चा बन्दी सुरु गरेका छन् ।
गत बैशाखमा भएको एन्फा निर्वाचनमा व्यापक भ्रष्टाचार र आर्थिक अनियमितता भएको बताउँदै चार जिल्लाको समूहले एन्फा नेतृत्वविरुद्वको आन्दोलनको सुरुवात भएको उद्घोष गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकारसम्मलेन गर्दै चार जिल्लाको फुटबल संघले निर्वाचनमा भएको आर्थिक लेनदेनको अडियो टेप सार्वजनीक गरेको छ ।
अडियो टेपमा एन्फाको तत्कालिन मानार्थ टासी घले सहित तत्कालिन सिईयो समेत रहेका प्रवक्ता ईन्द्रमान तुलाधर, दावा लामा, मधुसुदन उपाध्याय र दिपक खातीको वार्तालाप समावेश छ ।
सुन्नुहोस् अडियो -
सोही वार्तालापलाई प्रमाणको रुपमा पेश गर्दै चार जिल्ला फुटबल संघले फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीसंग उजुरी गर्ने घोषणा गरेको छ । केही महिना अगाडी एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले पत्रकार सम्मलेन गर्दै निर्वाचनमा भएको आर्थिक अनियमितताको प्रमाण आफुसंग भएको दाबी गरेका थिए ।
बुधबार चार जिल्ला फुटबल संघले पत्रकार सम्मलेन गरि सोही प्रमाण भनिएको अडियो टेप सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराट जंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा र ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा रहेका छन् ।
गत बैशाखमा भएको एन्फा निर्वाचनमा कर्माछिरिङ शेर्पा र मणि कुँवर अध्यक्षका प्रत्यासी थिए । अन्तिम समयमा आएर कुँवरले निर्वाचन बहिष्कार गरेका थिए । सोही निर्वाचनको क्रममा शेर्पा समुहबाट चुनाव लडेका पदाधिकारीले निर्वाचनमा खर्च गरेको रकमको वार्तालापलाई असन्तुष्ट पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
सुन्नुहोस् अडियो -