काठमाडौं । समिप श्रेष्ठ र गुना गुरुङले यूकेमा हुने अन्तराष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिप खेल्ने भएका छन् ।
अगष्ट १३ बाट सुरु हुने प्रतियोगितामा समिप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने छन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल रहेका छन् ।
सहभागी दुई खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार यूके प्रस्थान गर्नेछ ।
टोलीलाई सफलताको शुभकामना दिदै आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङ, आदिवासी खेलकुद संघ नेपालका महासचिव सुरेश मगरलगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न सुझाए ।
प्रतियोगितामा नेपालबाट उद्धव थापा मगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी गराए । उद्धव केहि महिनादेखि युकेमै छन् ।