काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताएका छन् ।
नेप्लीज तेक्वान्दो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद बिकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एकदिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने राजनीतिकरणमा चुप लागेर नबस्ने बताएका हुन् ।
उपाध्यक्ष तिमिल्सेनाले खेलकुदसँगको समानान्तर संघहरु गठन हुनुले कलिला खेलाडीहरुको भबिष्य अन्यौलता तर्फ धकेलिने भएकाले यस तर्फ सर्तक रहन समेत सम्वन्धित पक्षलाई आग्रह गरे । उनले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयमा राष्ट्रिय खेलकुद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनी समेत दिए ।
एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा नेप्लिज तेक्वान्दो डोजाङ प्रथम बन्न सफल भएको थियो भने शारदा एकेडमी दोस्रो र बालगिताञ्जली स्कूल तेस्रो भएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका डोजाङ्ग तथा बिभिन्न बिद्यालयका करीव २ सय जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताका बिभिन्न उमेर तथा तौल समूहका बिजेता पुरुष तथा महिला खेलाडीहरुलाई पुरस्कृत गरीएको थियो ।
कार्यक्रममा नेप्लिज टेक्वाण्डो एकेडमीका अध्यक्ष अशोक खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो भने कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिका सधै खेलकुदको बिकासमा लागिपरेको बताउँदै राखेपलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गरेका थिए ।