काठमाडौं । राष्ट्रिय जुनियर आईटिएफ तेक्वान्दो प्रतियोगिताको १३ औं संस्करण शुरु भएको छ । शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित न्यू संगम पार्टी प्यालेसमा सुरु प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।
कुल २० स्वर्णका लागि सुरु प्रतिस्पर्धाको पहिलो दिन पुरुष २१–२५ केजी तौल समुहमा लुम्बिनीका आयुस सुनारलाई पराजित गर्दै गण्डकीका सुजन तामाङले स्वर्ण जिते ।
कोशीका सिमोन मगर र बागमतीको रिजन सभाकोटी तेस्रो भए ।
त्यस्तै २६–३० तौल समुहमा बागमतीका रक्की तामाङलाई पराजित गर्दै कोशीका क्रितेश राईले स्वर्ण जिते । आयोजकका पाउल बिक र कर्णालीका शिशिर बिक तेस्रो भए ।
महिला २१–२५ केजी तौल समुहमा आयोजककी त्रिप्ती पोखरेललाई पराजित गर्दै लुम्बिनीकी सिमा तामाङले स्वर्ण जितिन् । मधेशकी सरोना तामाङ र कोशीकी सेन्चुवा नुगा तेस्रो भए ।
त्यस्तै, महिला २६–३० केजी तौल समुहमा गण्डकीकी न्यान्सी बिकलाई प्रराजित गर्दै लुम्बिनीकी सृष्टि कामु मगर पहिलो भईन् । सोही तौल समूहमा कोशीकी एली तामाङ र आयोजककी श्रेया रानाभट तेस्रो भए । महिला ४१–४५ केजी तौल समुहमा बागमतीकी काजल महतोले स्वर्ण जितिन् । कोशीकी सबिना मगर दोस्रो र लुम्बिनीकी श्रेया थापा र कर्णालीकी सिम्रन बिक तेस्रो भए ।
महिला ४६–५० केजी तौल समुहमा कोशीकी कुषुम राजबंशीले स्वर्ण हात पारिन् । सोही तौल समुहमा बागमतीकी मिसा पुलामी मगर दोस्रो र कर्णालीकी भुमिका सुनार र लुम्बिनीकी सिमा पासी तेस्रो भए ।
प्रतियोगिताको उद्घाटन सत्रमा राखेप बोर्ड सदस्य अन्जन धमला, भक्तपुर आईटिएफ तेक्वान्दो संघका अध्यक्ष आशिष कार्की सहितको उपस्थिती रहेको थियो ।