काठमाडौं । आबुधाबी स्पोर्टस् काउन्सिलको सहकार्य एवं गल्फ मल्टी स्पोर्टसको आयोजनामा भएको रीम मल इन्डोर रनमा हरी कृष्ण बिष्टले रजत पदक प्राप्त गरेका छन् ।
हरीले १० कि.मी. दौड ३६ मिनट ५९ सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरेका हुन् । श्रीलंकका हनिफा मुवारक ३३ मिनट ५४ सेकेन्डका साथ प्रथम र युनाईटेड किङ्गडमका हडसल स्टुवार्ट ४० मिनट ४५ सेकेन्ड समयका साथ तेश्रो भए ।
१० कि.मि. दौडमा ४८ देशका १०९ खेलाडीहरुको सहभागिता रहेको दुबईबाट तेक्वान्दोका राष्ट्रिय रेफ्रि समेत रहेका जगन अधिकारीले बताएका छन् ।
तेक्वान्दोका प्रशिक्षक समेत रहेका हरीले यस अघि वेलम्यान समर रन २०२३ को उपाधी जितेको थिए ।
रोजगारीका सिलसिलामा विगत ७ बर्ष देखि दुवइमा रहेको सेनाका अवकास प्राप्त बिष्टले यस अगि पनि विभिन्न दौडमा सहभागिता जनाउनुका साथै विभिन्न पदक प्राप्त गर्न सफल भईसकेको अधिकारीले जानकारी गराए ।