काठमाडौं । किर्गिस्तानमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको खेल तालिका सार्वजनिक भएको छ ।
काभाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी मंगोलिया परेको छ ।
नेपालले भोलि आइतबार मंगोलियाको सामना गर्नेछ ।
यस्तै नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।
नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको 'बी' टोलीसँग खेल्ने छ ।
नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।
काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।
नेपाली टोली -
हरि हजुर थापा (कप्तान), लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा