काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाईटेड क्लबका कप्तान अनन्त तामाङ मोस्ट भ्यालुएबल प्लेयर चुनिएका छन् ।
चर्च ब्वाइजलाई लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका अनन्त मोस्ट भ्यालुएबल प्लेयर चुनिएका हुन् ।
मोस्ट भ्यालुएबल बनेसँगै अनन्तले नगद ३ लाख प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता मछिन्द्र फुटबल क्लबका आफिज ओलावाले चुनिए । प्रतियोगितामा २३ गोल गरेका ओलावालेले नगद २ लाख प्राप्त गरे ।
सर्वोत्कृष्ट गोलकिपर चर्च ब्वाइजका प्रिसो चुनिए । उनलेले पनि २ लाख प्राप्त गरे ।
थ्री स्टार क्लबका लाकेन लिम्बु इमर्जिङ प्लेयर घोषित हुँदै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।