काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
मछिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई हराएको हो ।
मछिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ति मगरले एक एक गोल गरे ।
मनाङका विजया श्रेष्ठले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा विजयाले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा मछिन्द्र खेलमा फर्कियो ।
खेलको ८० औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८६ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३-१ को जित दिलाए ।
यस जितसँगै लिगको उपविजेता मछिन्द्रले सिजनको सुखद अन्त्य गरेको छ । मछिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो ।
मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ । मनाङले २६ खेलमा ३२ अंक जोड्यो ।