काठमाडौं । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता ललितपुरको चापागाउँमा बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५५ केजीमा एपीएफका शुभन नेपाली, नेपाल आर्मीका कान्ति लामा, सतुंगलका मनोज सुनुवार, काभ्रेका सुवास लिम्बू, एपीएफका तीर्थराज थापा, सितोरियोका जेनिश राई, आयोजकका कपिल रोक्का र आर्मीका महेश भुजेलले क्वाटरफाइनलमा स्थान बनाए ।
महिला ५० केजीमा आर्मीकी एलिसा चाँद र कोपिला लिम्बूले क्वाटरफाइनल यात्रा तय गरेका छन् ।
प्रतियोगिताको नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छादारले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको पुरुषमा १० तथा महिलामा २ गरी १२ स्पर्धामा १ सय ४८ खेलाडीको सहभागिता रहेको राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् ।
प्रत्येक तौलसमूहमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५÷५ हजार नगद पुरस्कार पाउने छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार सय ५ नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ ।