काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुङले व्यावसायीक खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लबविरुद्धको खेलपछि दीपकले सन्यास घोषणा गरेका हुन् ।
हिमालयनविरुद्ध दीपकले टोलीको कप्तानी समेत गरेका थिए ।
खेलपछि आर्मीका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए ।
दीपकको बिदाइ खेलमा आर्मीले हिमालयनलाई १-० ले हराएको थियो । आर्मीको जितमा सुदिल राईले गोल गरे ।