काठमाडौं । नेपाल पुलिस क्लबका फरवार्ड जुमानु राई र मिडफिल्डर भोला सिलवालले व्यावसायीक खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सातदोबाटो युथ क्लबविरुद्धको खेलपछि पूर्व कप्तान समेत रहेका जुमानु र भोलाले सन्यास घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडीद्वय जुमानु र भोलाले पुलिसका लागि सातदोबाटोविरुद्ध अन्तिम खेल खेलेका हुन् ।
दुबै खेलाडी खेलको ९० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । जुन खेलमा पुलिसले सातदोबाटोलाई १-० ले हराएको थियो ।
जुमानु र भोलाले पुलिसका लागि तीन पटक 'ए' डिभिजन लिग जितेका थिए ।