'ए' डिभिजन लिगलाई कतार एयरवेजको प्रायोजन
शुक्रबार, जेठ २६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबललाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै कतार एयरवेजले लिगलाई प्रायोजन गरेको जनाएको छ ।
कतार एयरवेजले दुई सिजनका लागि प्रायोजन गरेको एन्फाले जनाएको छ ।
एन्फाले प्रायोजन रकम भने खुलाएको छैन ।
एन्फाले जारी लिग सकिन लाग्दा मुख्य प्रायोजक पाएको हो ।
कतार एयरवेजले यस अघि दुई पटक लिगलाई प्रायोजन गरेको थियो ।
'ए' डिभिजन लिगलाई कतार एयरवेजको प्रायोजन







-1754044149.jpg&w=3840&q=75)







-1761641224925.jpeg&w=3840&q=75)