काठमाडौं । प्रथम एनटीए खुल्ला ग्यरोगी लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता जेठ २८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा नेपाल भरिका करिब १ हजार जना खेलाडीहरुले सहभागिता जनाउन छन् । जसमा सिनियर ईभेन्ट तर्फ ८ वटा तौल समूह, जुनियर तर्फ तथा क्याडेट तर्फ ६–६ र चिल्ड्रेन तर्फ ८ गरी कुल प्रतिस्पर्धा ३८ ईभेन्टमा हुने प्रतियोगिता संयोजक बब्लु शिवाकाटीले जानकारी दिए ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र सात वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।
खेलाडीहरुलाई अत्याधिक रुपमा सहभागिता र अनुभव हासिल गराई भविष्यका लागि नयाँ प्रतिभावान र सम्भावित खेलाडीहरुको पहिचान गर्दै आगामी दिनका लागि उत्कृष्ट खेलाडीहरुको चयन गर्ने उद्घेश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।