काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो ।
खेलको ५३ औं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७० औं मिनेटमा जुनियर एनकेन्गुएले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै संकटाले एक खेल अगाबै रेलिगेसनको संकट टारेको छ ।
संकटाले २५ खेलमा ३१ अंक जोडेको छ ।
संकटा नवौं स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले २५ खेलमा २७ अंक जोडेको छ ।
१३ औं स्थानको फ्रेन्ड्स रेलिगेसन क्षेत्रमै रहेको छ।