काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन आयोजना हुने भएको छ ।
एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशाला एरियामा असारको २ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।
पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
प्रतियोगिताको विजेता (महिला र पुरुष)ले ट्रफी, पदक सहित समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार र छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ । खेलाडी दर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिने आयोजकले जनाएको छ ।