काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।
खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा अहमत हिजाजीले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै आर्मीले २५ खेलमा ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।