काठमाडौं । लमजुङमा दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा असार २ गते सुन्दरबजार नगरपालिकामा प्रतियोगिता आयोजना हुनेछ ।
प्रतियोगितामा १ सय ३० भन्दा बढी धावकले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको भोटेओडार, बगैंचा, सिउँडीबार, सुन्दरबजार कृषि क्याम्पसको गेट, पाउँदीबाट सिउँडीबार हुँदै पुनः भोटेओडार र कृष्ण बगैंचामा पुगेर मिनी म्याराथन समापन हुनेछ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दोस्रो हुनेले २५ हजार ५ सय ५० रुपैयाँ र तेस्रो हुनेले १५ हजार ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै सान्त्वना स्वरूप २ जनालाई जनही १० हजार ५ सय ५० रुपैयाँ पाउने छन् ।