काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार र एपीएफ क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे ।
रोमान्चक खेलमा सुरुआती अग्रता भने एपीएफले बनाएको थियो ।
खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ ।
एपीएफले २४ खेलमा ३० अंक जोडेको छ ।