काठमाडौं । केटीएम सिटीले समर क्लियरेन्स सेल अफर सार्वजनिक गरेको छ ।
समर सिजनलाई लक्षित गर्दै नयाँ सेल अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
समर क्लियरेन्स सेल अफरमा केटीएम सिटीको सामान २ सय ९० रुपैयाँ देखिको मूल्यमा प्राप्त गर्न सकिनेछ ।
अफर केटीएम सिटीका सबै स्टोर र अनलाइनबाट सामान किन्दा लागु हुने बताईएको छ ।
शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले नेपाल सहित भारत, क्यानडा लगायतका देशमा आफ्नो सेवा विस्तार गरेको छ ।
नेपाली लुगाको ब्राण्डलाई अन्तराष्ट्रिय बजारमा स्थापित गर्ने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भर्खरैमात्र भारतको मुस्सोरी, मनालीमा समेत आउटलेट सञ्चालनमा ल्याएको छ ।
नेपाली ब्राण्डलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन र सुलभ मुल्यमा गुणस्तीय लुगा उपलब्ध गराउने उद्धेश्य रहेको केटीएम सिटीले जनाएको छ ।