काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले हराएको हो ।
पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे ।
खेलको ७५ औं मिनेटमा मोसेसले रबि पासवानको क्रसमा हेडरमार्फत गोल गरे ।
पुलिसविरुद्ध आक्रमणमा हाबी भएको एनआरटीले भने पाएको मौकालाई सदुपयोग गर्न सकेन ।
यस्तै खेलको इन्जुरी समयमा एनआरटी १० खेलाडीमा समेटियो ।
एनआरटीका कप्तान बिक्रम धिमाल दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
पुलिसको यो दशौँ जित हो । पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ । पुलिस चौंथो स्थानमा रहेको छ ।
एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।