सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

खडकलाई खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि  

बिहिबार, १८ जेठ २०८०खेलपाटी संवाददाता
खडकलाई खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि  
Loading ad...
mustang rice ad

डोटी । त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले खप्तड–शैलेश्वरी हाइअल्टिच्युड म्याराथनको उपाधि जितेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन् ।

खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथनको निर्धारित साढे ४२ किलोमिटरको दुरी च्याम्पीयन भएका खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरे । पदमार्गमा भएको म्याराथनमा पहिलोपल्ट सहभागी जाजरकोटका खड्काले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाए । विभिन्न म्याराथनमा सहभागी भए पनि उकाली ओरालीमा भएको पदमार्गमा पहिलो सहभागितामै च्याम्पियन हुँदा थप आत्मबल बढेको खड्काले बताए ।

त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिहं रावत दोस्रो भए । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डबाट निर्धारित दुरी गरेका नरेन्द्रले ८० हजार पुरस्कार जिते । बैतडीका उनी विभिन्न म्याराथनका स्वर्ण विजेता खेलाडी हुन् । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडी पारेको भए पनि ओरालोमा भने खडकभन्दा पछि परेका थिए ।

तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्डेय भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरे । उनले ५० हजार पुरस्कार पाए । वीरेन्द्रले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गर्नु नै आफ्ना लागि ठूलो उपलब्धी भएको बताए ।  म्याराथनमा सहभागी हुन थालेको ५ महिनामै कठिन बाटोमा दौडेर उनले तेस्रो स्थान सुनिश्चित गरेका थिए ।

खप्तड–शैलेश्वरी म्याराथनमा विदेशी सहित ४८ धावकले प्रतिस्पर्धी गरेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य झलक शाहले बताए । खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले गत बर्षदेखि थालनी गरिएको म्याराथनको दोस्रो संस्करणमा खेलकुद परिषदले पनि सहकार्य गरेको सुदुरपश्चिा खेलकुद परिषदका सदस्य चित्रराज भट्टले जानकारी दिए । उनले आगामी वर्षमा पनि परिषदले सहकार्य गर्ने बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर म्याराथन गरिएको थियो ।

महिला हाफ म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । उनले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित २१.५ किलोमिटर दुरी पार गर्दै ५० हजार रुपैयाँ उपाधि जितिन ।

पुलिस क्लबकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डबाट दोस्रो भइन । डोटीकी रेखाले ३० हजार प्राप्त गरिन । तेस्रो स्थानमा भैरवप्रसाद गणकी सुन्तला कडायत विजयी भइन । अछामकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दुरी पुरा गरिन । उनले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ । ५ नम्बर वाहिनीका बाहिनीपति विजय थापा, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह लगायतले विजयीलाई पुरस्कार वितरण गरे ।

Loading ad...
LiNing Ad
खडकलाई खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन