काठमाडौं । भारतमा आयोजना भएको तेस्रो एसिया ओपन आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ ।
दिल्लीमा आयोजना भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको छ ।
प्रतियोगितामा भारतले ७ स्वर्ण, ५ रजत र १३ कास्य पदक जितेको छ ।
किर्गिस्तानले ४ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेको छ ।
प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान, भियतनाम, मलेसिया, सिंगापुर, चाईनिज ताइपे, हङकङ र इथोपिया रहेको थियो ।
नेपालका सागर मल्ल, थन बहादुर घर्ति मगर र प्रमिला रोकाले स्वर्ण पदक जिते ।
सुनिल छन्त्याल, सिता कुँवर, दिप्कल राना र रबिन गुरुङले रजत पदक जिते ।
मिथुन छन्त्याल, सिता कुँवर, पुनम छन्त्याल, हिमाल छन्त्याल, सन्चित जिसी र किशन खत्रीले कास्य पदक जिते ।