काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे ।
खेलको ५५ औं मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए ।
जावलाखेलको यो दशौँ जित हो । जावलाखेलले २३ खेलमा ३७ अंक जोडेको छ ।
जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ ।
आर्मीको यो सातौं हार हो । आर्मी २३ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।